Ad #144479

१ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको भने १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यस्तै १ हजार ३५१ कोरोना संक्रमणमुक्त भएका छन्।

देशभर २५ हजार४९७ सक्रिय संक्रमित रहेका छन्।