Ad #144479

१ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप १५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ जार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा १३५१ जना संक्रमणमुक्त भएका छन् १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभरमा २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् ।