काठमाण्डौ उपत्यकामा थपिए ४०४ जना कोरोना संक्रमित

२९ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २९४, भक्तपुरमा ४८ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ जनाको मृत्यु भएको छ।त्यस्तै १ हजार ५८९ कोरोना संक्रमणमुक्त भएका छन्।

देशभर २६ हजार २०२ सक्रिय संक्रमित रहेका छन्।