काठमाण्डौ उपत्यकामा थपिए ४२६ जना कोरोना संक्रमित

२८ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ३०१, भक्तपुरमा ५७ र ललितपुरमा ६८ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जनाले ज्यान गुमाएका छन्।त्यस्तै १ हजार २६० कोरोना संक्रमणमुक्त भएका छन्।

देशभर २६ हजार ६३० सक्रिय संक्रमित रहेका छन्।