२७ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा १८७, भक्तपुरमा ६६ र ललितपुरमा ५६ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर ९११ जना कोरोना संक्रमित थपिएका छन् भने १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यस्तै १ हजार ४२३ कोरोना संक्रमणमुक्त भएका छन्।
देशभर २६ हजार ७५७ सक्रिय संक्रमित रहेका छन्।












