काठमाण्डौ उपत्यकामा थपिए ४३३ जना कोरोना संक्रमित

२४ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ३२९, भक्तपुरमा ३७ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ जनाले ज्यान गुमाएका छन्। त्यस्तै १ हजार ८४५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २८ हजार ६७८ सक्रिय संक्रमित रहेका छन्।