थप १२७१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

२४ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप १२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा १०५८ र ३०४६ एन्टिजेन परीक्षणमा २१३ जना गरी १२७१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ८४५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २८ हजार ६७८ सक्रिय संक्रमित रहेका छन्।