काठमाण्डौ उपत्यकामा ४५३ जना कोरोना संक्रमित थपिए

२० भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ४५३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा २८८, भक्तपुरमा ६७ र ललितपुरमा ९८ जना संक्रमित थपिएका हुन्।