१८ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै ६६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ४६७ जना, भक्तपुरमा ७१ जना र ललितपुरमा १२९ जना कोरोना संक्रमित थपिएका हुन् ।












