थप १,७५६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

८ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २ हजार २७४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।