कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने (परीक्षा तालिकासहित)

१६ भदौ, काठमाण्डौ। राष्ट्रिय परीक्षा बोर्डले रोकिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि संचालन गर्ने भएको छ ।

कोरोना महामारीका कारण यसअघि स्थगन गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि विद्यालयमै परीक्षा केन्द्र कायम हुनेगरी सञ्चालन गर्न लागिएको हो ।

संगीत, ललितकला र संस्कृत विषय समूह तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन गर्न लागिएको बोर्डले बुधबार जारी गरेको