काठमाण्डौमा निषेधाज्ञा खुकुलो

१६ भदौ, काठमाण्डौ। जिल्ला प्रशासनले कार्यालय काठमाण्डौले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ। बिहीबारदेखि लागू हुनेगरी भदौ मसान्तसम्म थपिएको निषेधाज्ञा खुकुलो पारिएको हो।

भदौ १७ गतेदेखि ३० गतेसम्म लागू हुने गरी जारी गरिएको सूचनामा आर्थिक तथा अन्य गतिविधिहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि भनिएको छ।

स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्वहरु मनाउन तथा शैक्षिक संस्थाहरु भौतिक रुपमा सञ्चालन गर्न नपाइने र गर्नैपरेमा स्थानीय तहको समन्वयमा जिल्लास्थित कोभिड व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सकिने प्रशासनको आदेशमा उल्लेख छ।