काठमाण्डौ उपत्यकामा थपिए ५६४ जना कोरोना संक्रमित

१५ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ।त्यस्तै १ हजार ७८६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।