Ad #144479

१३ भदौ, काठमाण्डौ। नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।

नेकपा एकीकृत समाजवादीको संसदीय दल गठनका लागि आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बसेको थियो ।

यही भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा एकीकृत समाजवादीको पहिलो पटक बसेको यस बैठकले सो दलको संसदीय दलको नेता चयन गरेको हो ।