काठमाण्डौ उपत्यकामा थपिए ७१५ जना कोरोना संक्रमित

११ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ७१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाण्डौमा ४५४ जना, भक्तपुरमा ९२ जना र ललितपुरमा १६९ जना कोरोना संक्रमित थपिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यस्तै २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।