काठमाण्डौ उपत्यकामा थपिए ६८९ जना कोरोना संक्रमित

८ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ६८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा ११९ जना संक्रमित थपिएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। त्यस्तै मंगलबार २ हजार ८६ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ३८ हजार २५० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।