काठमाण्डौ उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप

८ भदौ, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा एक साता निषेधाज्ञा थप भएको छ । मंगलबार काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञामा भौतिक दूरी र मास्क नलगाई हिँड्नेलाई कडाई गरिने भएको छ । २५ जनाभन्दा बढी भेला हुन नपाउने, सभा, सम्मेलन, सेमिनारमा रोक लगाइएको छ ।