काठमाण्डौ उपत्यकामा थपिए ९६४ जना कोरोना संक्रमित

२७ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ९६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ६६३, भक्तपुरमा १०९ र ललितपुरमा १९२ जना कोरोना संक्रमित थपिएका हुन्।

त्यस्तै गत २४ घण्टामा देशभर थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ।