लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

२४ श्रावण, काठमाण्डौ। सर्वोच्च अदालत प्रशासनले लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बोलाएको प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकर (दरपीठ) गरेको छ ।

अधिवक्ता प्रवेश केसीले आज प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै पेस गरेको रिट निवेदनलाई सम्बन्धित पक्ष नआएका कारण र हकदैया नपुग्ने उल्लेख गर्दै दर्ता अस्वीकार गरेको हो ।

प्रतिपक्षी सांसदहरूले विशेष अधिवेशनको समावेदन दिएपछि प्रदेश प्रमुख शेरचनले यही २७ साउनमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्नुभएको थियो । सोही निर्णयविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो ।