एसईईको नतिजा आज सार्वजनिक हुँदै

२३ श्रावण, काठमाण्डौ। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ। कोरोनाका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो ।

आज प्रकाशित हुने एसईईको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ।

बोर्डले एसईईको नतिजा केही प्राईभेट कम्पनीबाट पनि हेर्न मिल्ने जनाएको छ। बोर्डका अनुसार इजी सर्भिस प्रालि, आकाश टेक प्रालि र जानकी टेक्नोलोजी प्रालिमार्फत एसएमएस गरेर हेर्न मिल्ने छ। यस्तै नेपाल टेलीकम र एनसिएलबाट १६०० एसएमएसगरेर थाहा पाउन सकिन्छ।

परीक्षार्थीले www.see.gov.np,www.neb.gov.np,www.theconnectplus.com,www.see.edusanjal.comwww.see.ntc.net.np www.ekantipur.comwww.ricell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।