बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा भीषण आगलागी

२३ श्रावण, काठमाण्डौ। बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ।

काठमाण्डौं महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट उद्योगमा बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

आगो ८ दमकल, २ दर्जन पानी ट्यांकर, स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।