कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई श्रावण २५ गतेदेखि खोप लगाइने

२२ श्रावण, काठमाण्डौ। कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकले यहि श्रावण २५ गतेदेखि खोप लगाउन पाउने भएका छन् ।

भुटानले शुक्रबार बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएपछि श्रावण २५ गतेदेखि जेष्ठ नागरिकले दोस्रो डोज एस्ट्रेजेनकाको खोप लगाउन पाउने भएका हुन् । स्वास्थ्य सेवा विभागका अनुसार जापानले दिने भनिएको खोप शनिबार र आइतबार दुई लट गरेर आउँदैछ ।

फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड नामक खोपको पहिलो डोज लगाएका थिए ।

मन्त्रालयले दोस्रो डोज १२ हप्तापछि लगाउनुपर्ने बताएपनि खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप भारतले नदिएपछि उनीहरु दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए ।

अहिले भेरोसेलको दोस्रो डोज खोप अभियान चलिरहेको छ ।