१७ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ८५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ५९४, भक्तपुरमा ९१ र ललितपुरमा १६६ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
देशभर हालसम्म ३१ हजार २९८ जना सक्रिय संक्रमित रहेका छन्।त्यस्तै गत २४ घण्टामा २ हजार २० जना संक्रमणमुक्त भएका छन्।
[sidebar name="button post"]











