सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा भारी वर्षा, सतर्क रहन साइरन बजाइयो

१६ श्रावण, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा शनिबार राति भारी वर्षा भइरहेको छ । वर्षासँगै खोला तथा नदीहरूको बहाव पनि बढेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार अहिले मेलम्ची खोला र इन्द्रावती नदीको बहाव बढ्दो क्रममा रहेको छ । बहाव एक्कासी बढेपछि साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको छ ।

त्यस्तै हेलम्बु गाउँपालिका नाकोते खोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको छ। गत असार १ गते जत्तिकै आवाजमा खोलामा बाढी आएको छ ।