१६ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ७७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ५१७, भक्तपुरमा ९४ र ललितपुरमा १६४ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जनाको मृत्यु भएको छ।
देशभर हालसम्म ३१ हजार ३५५ जना सक्रिय संक्रमित छन्। त्यस्तै गत २४ घण्टामा १ हजार ९१६ जना कोरोना संक्रमणमुक्त भएका छन्।
[sidebar name="button post"]











