१० श्रावण, काठमाण्डौ। कोरोना संक्रमण बढ्दै गएकाले काठमाण्डौ उपत्यकाको निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । संक्रमण फेरि बढेकाले होटल रेष्टुरेन्टसहितका केही निश्चित क्षेत्रमा केही कडाइ गर्दै कम्तीमा एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो ।
आज अपराह्न ४ बजे काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निर्णय गरिने उहाँले बताउनु भयो । काठमाण्डौ उपत्यकामा आर्थिक गतिविधि सुचारू गर्न व्यापार व्यवसायसहित सार्वजनिक यातायात खुला भएपछि फेरि संक्रमण बढ्दै गएको छ ।
काठमाण्डौ उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।
[sidebar name="button post"]











