थप ३११४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

९ श्रावण, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६२५पीसीआर परीक्षण गर्दा २ हजार ३०९ जना र ४ हजार २८५ एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६९५ पुगेको छ।

गत २४ घण्टामा २ हजार १९७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

[sidebar name="button post"]