५ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ७१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ५३१, भक्तपुरमा ४१ र ललितपुरमा १४७ जना कोरोना संक्रमित थपिएका हुन्।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ।
गत २४ घण्टामा १ हजार ५९५ जना कोरोना संक्रमणमुक्त भएका छन्।
[sidebar name="button post"]











