२ श्रावण, काठमाण्डौ। सरकारले गत असार २७ गते बढाएको लामो दूरीको सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसहित विभिन्न १३ वटा सूचकका आधारमा बढाइएको भाडा यातायात व्यवस्था विभागले शुक्रबार साँझ सार्वजनिक गरेको हो ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको असार २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट समायोजन गरिएको नयाँ भाडा २० देखि २८ प्रतिशत सम्म बढाइएको छ । विभागका अनुसार उक्त भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीमा लागू हुनेछ।
स्थानीय तहको भाडा समायोजनको अधिकार विभागसँग नरहेकाले बढेको भाडा अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक गाडीको हकमा मात्र लागू हुने विभागका महानिर्देशक नमराज घिमिरेले बताएका छन् ।
कहाँको भाडा कति ? हेर्नुहोस् सूची












