३१ असार, काठमाण्डौ। सर्वोच्च अदालतले विप्लव समूहका हेमन्तप्रकाश ओलीलाई रिहा गर्न आदेश दिएको छ ।नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज शर्माको संयुक्त इजलासले उनलाई थुना मुक्त गर्न आदेश गरेको हो ।
विप्वल समूहले नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको घटनाको ओलीले बीबीसी नेपाली सेनामा अन्तर्वार्ता दिँदै आफूहरुले गराएको भनी जिम्मा लिएका थिए ।
अस्वस्थताका कारण ओली केही दिनदेखि बाँसबारीस्थित गंगालाल अस्पतालमा उपचार गराइरहेका छन् । सर्वोच्च अदालतले जीवन रक्षार्थ मानवीय दृष्टिकोणबाट संवेदनशील भई अस्पताल भर्ना भएको अवस्थामा थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न लगाउनु मानवीय दृष्टिले बेमनासिव देखिएको ठहर गरेको छ ।












