Ad #144479

३१ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप २,६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९ हजार ४३७ पुगेको छ ।

कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ भने १७५७ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रहेको छ ।