Ad #144479

३० असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २९४, भक्तपुरमा ६९ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै देशभर १८ जना संक्रमितको मृत्यु भएको छ भने १६ सय ६ संक्रमणमुक्त भएका छन्।