२९ असार, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा २ करोड बढी खोप खरिदको सुनिश्चितता भएको बताएका छन्। देशबासीका नाममा सम्बोधन गर्दै उनले आफ्नो पालामा नै खोप खरिदको प्रक्रियालाई पूरा गरेको बताए।
उनले भने, ‘भरेभोलिबाट नै खोप आजै ल्याएको हो भनेर प्रचारबाजी गरिने छ। मलाई प्रचार गर्नु छैन। २ करोड बढी खोप खरिदको पक्रिया पूरा भएको छ। सबैले खोप पाउनु हुन्छ। खोपको अभाव हुने छैन। ’












