आज साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिँदै देउवा

२९ असार, काठमाण्डौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीको शपथ लिने भएका छन्।

राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए ।

सोमबार सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै राष्ट्रपति कार्यालयले शपथको तयारी अघि बढाएको हो।

देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । उनी पाँचौँ पटक प्रधानमन्त्री बन्दैछन् । साथै देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि देउवा आन्तरिक परामर्शमा व्यस्त रहेको देउवाको सचिवालयले जनाएको छ ।

[sidebar name="button post"]