संविधानको धारा ७६ (५) मा सांसदलाई ह्वीप लाग्दैन : सर्वोच्च

२८ असार, काठमाण्डौ। सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको प्रक्रियामा दलको ह्वीप नलाग्ने ठहर गरेको छ ।

उक्त धाराअनुसार सरकार गठन गर्दा प्रधानमन्त्रीमा चुनिने व्यक्तिलाई समर्थन गर्न सांसदहरु स्वतन्त्र हुने र दलको ह्वीप नलाग्ने सर्वोच्चको संवैधानिक इजलासले ठहर गरेको हो ।

सोमबार संसद विघटनको मुद्दामाथि फैसला सुनाउँदै इजलासले धारा ७६ ‘५’ को प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा संसदीय दलले कारबाही गर्न नपाउने व्याख्या गरेको हो ।

[sidebar name="button post"]