काठमाण्डौ उपत्यकामा थप ४१४ जनामा कोरोना संक्रमण पुष्टि

२६ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ३०३, भक्तपुरमा ५१ र ललितपुरमा ६० जना संक्रमित थपिएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यस्तै गत २४ घण्टामा १ हजार ४३२ जना कोरोना संक्रमणमुक्त भएका छन्।

[sidebar name="button post"]