Ad #144479

२५ असार, काठमाण्डौ। सरकारले चीनबाट आठ लाख डोज कोरोना खोप नेपाल ल्याएको छ । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो ।

शुक्रबार बिहान नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट भेरोसेलको आठ लाख डोज खोप ल्याइएको हो । पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो ।

साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।