कोरोना अपडेट : थप २६३४ जनामा कोरोना संक्रमण पुष्टि, १,६६५ संक्रमित कोरोनामुक्त

२२ असार,काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १,६६५ रहेको छ भने कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २ सय ६३ पुगेको छ।

देशभर हालसम्म २५ हजार ८ सय २८ सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]