काठमाण्डौ उपत्यकामा थपिए ५६२ जना कोरोना संक्रमित

२१ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ५६२ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौका ३७८, ललितपुरका १२४ तथा भक्तपुरका ६० जनामा संक्रमण पुष्टि भएको हो।

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै गएको २४ घण्टामा २ हजार २ सय ११ संक्रमणमुक्त भएका छन्। हालसम्म देशभर २५ हजार ६ सय ९० सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]