कोरोना अपडेट : थप २,६२२ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

२१ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै गएको २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने २ हजार २११ जना निको भएका छन् ।

[sidebar name="button post"]