१९ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ३७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाण्डौमा २४६, भक्तपुरमा ४९ र ललितपुरमा ८१ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३२८ जना कोरोना संक्रमित थपिएका छन् भने १९ जनाको मृत्यु भएको छ।
गत २४ घण्टामा ३ हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। त्यस्तै हाल देशभर २७ हजार ७१६ जना सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]











