चार अनलाइन सञ्चारमाध्यम कालोसूचीमा, १३ लाई काउन्सिलले काट्यो लिखित पत्र (विज्ञप्तिसहित)

१० असार, काठमाण्डौ। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लंघन गरेको विषयमा विभिन्न अनलाइनलाई लिखित पत्र काटेको छ भने इहिमालय टाइम्स, वीरगञ्ज सिटी, एनआरएन खबर र कोशीपाटीलाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ ।

काउन्सिलले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालआज डटकम, देशसञ्चार डटकम, सेतोपाटी, जनता टाइम्स, रिपोर्टस नेपाल, सफल खबर लगायत १३ वटा अनलाइन र सञ्चार विज्ञ भानुभक्त आचार्यलाई लिखित पत्र काटेको हाे ।

काउन्सिलले पछिल्लो पन्ध्र दिनमा १५ वटा वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच पछिल्लो समय रुपा सुनवार र सरस्वती प्रधानको सन्दर्भमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित समाचार तथा समाचार सामग्रीप्रति समेत प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको जनाएकाे छ ।

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५ (२) मा ‘पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेद्भाव हुने वा घृणा उत्पन्न गर्नेगरी समाचार सामग्री उत्पादन-प्रकाशन-प्रसारण र वितरण गर्न हुँदैन’ भन्ने व्यवस्था रहेको हुँदा यस्ता समाचार सम्प्रेषण गर्दा यी पक्षमा ध्यान पु¥याउन सम्बन्धित सम्पूर्ण पत्रकार तथा आमसञ्चार माध्यमको ध्यानाकर्षण गराएकाे हाे ।

यससम्बन्धमा सम्प्रेषित समाचार सामग्रीप्रति काउन्सिलले अनुगमन गरिरहेको समेत जानकारी दिएकाे छ।

[sidebar name="button post"]