Ad #144479

८ असार, काठमाण्डौ। कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा आजदेखि थप खुकुलो भएको छ ।

आज मंगलवार काठमाण्डौ उपत्यकामा सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, अटोमोबाइल शो–रुम, पार्ट्स पसल, मोबाइल तथा कम्प्युटर पसल खोल्न पाइनेछ । त्यस्तै यी पसल आइतवार र बिहीवार पनि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

आइतबार काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बसेको संयुक्त बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै बार अनुसार व्यापारिक पसलहरु खोल्न पाइने निर्णय गरेको थियो ।

निषेधाज्ञालाई एक साता थप गरी १४ असार सम्म पुर्याएको छ । कोरोना संक्रणम रोकथाम तथा नियन्त्रण गर्न सरकारले १६ बैशाख देखि निरन्तर निषेधाज्ञा गर्दै आएको छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण कम हुँदै गएपछि निषेधाज्ञालाई खुकुलो बनाउदै आर्थिक कारोबार गर्ने व्यापारीक पसलहरु खोल्दै गएको छ । यसअघि सरकारले अत्यावश्यक सामग्रीका पसलहरु मात्र खुला गर्न दिएको थियो । ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण कम हुँदै गएपछि निषेधाज्ञालाई खुकुलो बनाउँदै आर्थिक कारोबार गर्ने व्यापारीक पसलहरु खोल्दै गएको छ । यसअघि सरकारले अत्यावश्यक सामग्रीका पसलहरु मात्र खुला गर्न दिएको थियो ।

आजदेखि हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी सञ्चालन गर्न पाइने छ । हार्डवेयर र पुस्तक पसलहरु बिहान ११ बजेसम्म मात्र खुल्ला हुनेछन् भने अनलाइन डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइने छ ।

त्यस्तै हिजोसम्म ९ बजेसम्म मात्र खोल्न पाइएको किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु आजदेखि बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । यसैगरी तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल पनि बिहान ११ सम्म मात्र खोल्न पाइनेछ ।