७ असार, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १,५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २२९७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज देशभर ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ पुगेको छ।
त्यस्तै गत २४ घण्टामा ३ हजार १३० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५३ हजार ९४० सक्रिय संक्रमित रहेका छन्।












