थप २,७४५ जनामा कोरोना पुष्टि, ४१ जनाको मृत्यु

१ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै संक्रमणमुक्त हुनेको संख्या ४ हजार १८७ रहेको छ ।

[sidebar name="button post"]