कामपामा आज र भोलि चिनियाँ खोप भेरोसेल लगाइँदै

३१ जेष्ठ, काठमाण्डौ। काठमाण्डौ महानगरपालिकामा आज र भोलि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेल लगाइँदै छ ।

६० देखि ६१ वर्ष उमेर समूहकालाई आज र भोलि कोरोनाविरूद्ध खोप लगाउन लागिएको महानगरपालिकाले जनाएको छ ।

खोप असार १ गते लगाइनेछ । यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएकोमा खोप अभाव भएपछि स्थगित गरिएको थियो ।

यसअघि महानगरका सबै वडामा खोप लगाइएकोमा अब ४ वटा केन्द्रमा मात्र खोप लगाइने महानगरले जनाएको छ।

खोप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा उपलब्ध हुनेछ ।

[sidebar name="button post"]