२९ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाण्डौ जिल्लामा ३९१, भक्तपुरमा ७७ र ललितपुरमा १३० जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ६१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ। नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २ सय ९५ जना कोरोना संक्रमित निको भएका छन्।
[sidebar name="button post"]











