उपत्यकामा थपिए ९१५ जना कोरोना संक्रमित

२६ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाण्डौका ६७९, ललितपुरका १५१ तथा भक्तपुरका ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् भने ८१ जनाको मृत्यु भएको छ।

हाल देशभर ८० हजार ३३६ सक्रिय संक्रमित रहेका छन्।