प्रधानन्यायाधीश जबरा बिरामी, संवैधानिक इजलास आज स्थगित

२४ जेष्ठ, काठमाण्डौ। संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ ।

सर्वोच्च आदालतले प्रतिनिधिसभा विघटन सम्वन्धि मुद्धा स्थगित सूचीमा राख्दै आजका लागि प्रतिनिधिसभा विघटनका सम्बन्धमा सुनुवाइ गर्न संवैधानिक इजलास नबस्ने जनाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिरामी भएपछि आज संवैधानिक इजालास स्थगित भएको सर्बोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश जबरा के बिरामी परे भन्नेबारे केही खुलाइएको छैन ।

आइतबारमात्र प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास पुनर्गठन गरेका थिए।

इजलासमा पुनर्गठन लिएर सरकारपक्षका वकिलहरुले लफडा निकालेपछि हिजो इजलास मुद्दाको मूल विषयमा प्रवेश गर्न नसकि हेर्दाहेर्दैमा राखिएको र आजका लागि पेशी तोकिएको थियो ।