पत्रकारलाई चाँडो खोप उपलब्ध गराउन महासङ्घको माग 

२३ जेष्ठ, काठमाण्डौ। नेपाल पत्रकार महासङ्घले कोभिडको खोप लगाउन बाँकी तीन हजार पत्रकारका लागि तत्काल उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ ।

महासङ्घको टोलीले आज नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई भेटी  नागरिकलाई सुसूचित गराउनुपर्ने अग्रभागका पत्रकारको पेशागत बाध्यतालाई ध्यानमा दिन आग्रह ग¥यो ।

सो अवसरमा मन्त्री तामाङले कोरोनाको खोप लगाउन बाँकी सबै पत्रकारलाई जतिसक्दो चाँडो  व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महासङ्घ केन्द्रीय समितिका तर्फबाट महासचिव रोशन पुरी र सचिव गोविन्द चौलागाईँको टोलीले मन्त्री तामाङलाई बधाई ज्ञापनसमेत गरेको थियो ।